कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक कूटनीतिमा जोड दिन छलफल 

काठमाडौँ — परराष्ट्र मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आर्थिक कूटनीतिलाई जोड दिनका लागि विदेशस्थित नेपालका विभिन्न नियोगहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ । 

आर्थिक कूटनीतिमा जोड दिन छलफल 

परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा सोमबार भएको भिडियोमार्फत अस्ट्रेलिया, उत्तर तथा दक्षिण पूर्वी एसिया र दक्षिण एसियास्थित मुलुकका नेपाली नियोगहरुसँग छलफल गरेको थियो ।

सरकारले यही वर्ष ल्याएको परराष्ट्र नीतिमा पनि आर्थिक कूटनीतिलाई जोड दिएको छ । साथै, हरेक मुलुकमा राजदूत भएर जाँदा पनि सो मुलुकको अवस्था हेरेर नेपालले त्यहाँ कुन–कुन विषयमा आर्थिक कूटनीतिलाई अघि बढाउने भन्ने पहिले नै योजना बनाइएको हुन्छ । राजदूतले जिम्मेवारी सम्हाल्दा जादा टीओआर (टर्म एन्ड कन्डिसन) लिएर जाँदा पनि आर्थिक कूटनीतिका बारेमा पूर्वजानकारी लिएर जानु पर्छ ।

‘सरकारको परराष्ट्र नीतिअन्तर्गतको आर्थिक कूटनीति, राजदूतको जिम्मेवारी तथा सरकारको नीति तथा कार्यक्रम र सरकारको १५ औं योजनाको लक्ष्यअनुसार विभिन्न नियोगहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेका हौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ।

उनका अनुसार यो मन्त्रालयको नियमित कार्यक्रम नै हो । ‘छलफलमा कुन मुलुकमा के भइरहेका छ र केही समस्या छ भने त्यसलाई कसरी समाधान गरेर अघि बढाउन सकिन्छ भन्ने छलफल पनि हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : माघ १३, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?