कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीनै तहमा प्रतिनिधित्वको माग

काठमाडौँ — राष्ट्रिय अपांग महासंघले मुलुकका तीनै तहमा समानुपातिक समावेशी कोटाबाट अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल बिषयक प्रधानमन्त्रीसंग साक्षात्कारमा संघिय र प्रदेश संसदमा कम्तिमा दुई प्रतिशत तथा स्थानीय तहमा एक पालिकामा एक अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरु सधैं दयाको पात्र बन्न नचाहेको बताए । ‘सरकारसंग सधै मागेर होइन्, हामी आफै नेतृत्वमा रहेर निर्णय गर्न चाहन्छौं,’ उनले भने ।

महासंघले सरकारलाई ५३ बुदे संयुक्त मागसमेत पेश गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मागप्रति आफू सकारात्मक भएको भन्दै आवश्यक सुनुवाई हुने बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले अपांगता भएका व्यक्तिहरुको सहज र मर्यादित जिवनयापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालय प्रयत्नशिल रहेको बताइन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ०.०१ प्रतिशत, प्रदेशसभामा ०.५४ प्रतिशत र संघीय संसद्मा १.७९ मात्र अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व छ ।

प्रकाशित : माघ ११, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?