कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

काठमाडौँ — चिनियाँ कम्पनी सिनोफार्मका प्रतिनिधिले कोभिडविरुद्धको खोपको नेपालमा आपत्कालीन उपयोगका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिएका छन् ।

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

उनीहरूले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागमा आएर शुक्रबार जानकारी लिएको स्रोतले जनाएको छ ।

औषधि व्यवस्था विभागले आपत्कालीन उपयोगको अनुमतिका लागि आवश्यक पर्ने अपुग कागजातबारे चिनियाँ पदाधिकारीलाई जानकारी दिएको छ । औषधि व्यवस्था विभागले मुख्य रूपमा तेस्रो चरणको क्लिनिकल ट्रायलको तथ्यांकलगायतका बारेमा आधिकारिक दस्ताबेज पेस गर्न सिनोफार्मलाई भनेको छ ।

सिनोफार्मका तर्फबाट नेपालमा खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिएको छ । नेपालले हालसम्म सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोपलाई मात्र आपत्कालीन उपयोगको ससर्त अनुमति प्रदान गरेको छ ।

प्रकाशित : माघ १०, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?