कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्न म पनि जुलुसमा हिँड्छु भन्छन् कि : नेपाल

'म भर्खर सुर्खेतबाट आउँदै छु । कतै चिठी आइहाल्यो कि ? सुध्रेको कुनै कागज आएको छ कि ? ओलीले गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? '

काठमाडौँ — नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ‌कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्न म पनि जुलुसमा हिँड्छु भन्छन् कि : नेपाल

'एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ,' उनले भने ।

अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको समेत बताए । 'केपी ओलीलाई कम्युनिष्ट पार्टीको सदस्यबाट निस्कासन गर‍्‍यौं । उहाँले स्पष्टीकरणको जवाफ दिनु भएको छैन,' अध्यक्ष नेपालले थपे, 'म भर्खर सुर्खेतबाट आउँदै छु । कतै चिठी आइहाल्यो कि ? सुध्रेको कुनै कागज आएको छ कि ? गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? कतै प्रतिनिधिसभा विघटन गर्नु गलत हो, त्यो पुन:स्थापना गर्न म पनि जुलुसमा हुन्छु भन्छन् कि ? मान्छेले गल्ती गर्छन् अपराध गर्छन् । अनि समयमा सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । केही फरक पर्दैन । हैन भने सुरुमै माफी दिउँला । केही फरक पर्दैन ।'

अध्यक्ष नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको बताए । ‘अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् ? कतै मिल्ने त हैनन् ? कतै हामीलाई धोका त दिने हैनन् ? हामी मूल्यको राजनीति गर्छौं । हामी विचारको राजनीति गर्छौ,’ नेपालले भने ।

अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दु:ख मात्रै दिएको बताए । ‘केपी ओलीले ५० वर्षसम्म हैरान पारे, दु:खमात्रै दिए । मैले जहिले थम्थमाए । मलाई दु:ख मात्रै दिए । जहिले हुर्मत लिने मात्रै काम गरे । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौं तर सुध्रिएनन्,’ नेपालले भने ।

ओलीलाई साईबर सेना र अरिङ्गालमात्रै मन पर्ने नेपालको भनाइ छ । उहाँलाई साइबर सेना मन पर्छ । उहाँलाई अरिङ्गाल मन पर्छ । तर हामी त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ । हामीले केपी ओलीलाई ठीक ठाउँमा ल्याउन सकेनौं,’ नेपालले भने ।

प्रकाशित : माघ ९, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?