कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

बैठकमा सातै प्रदेशका इन्चार्जले जिल्लाको सांगठिक अवस्था र जारी आन्दोलनको प्रभाकारीताबारे ब्रिफिङ् गरेका थिए ।

बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा केपी ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।

प्रकाशित : माघ २, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?