कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक जारी

बिहीबार बसेको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक एकीकरण र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।

कार्यदलमा नेपालसहित अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत थिए।

बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध घोषणा भएको दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन केही कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय पनि गर्ने भएको छ ।

प्रकाशित : माघ २, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×