कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव हुने–नहुने अदालतको फैसलामा भर पर्छ : अध्यक्ष तिमिल्सिना

पोखरा — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले झन्डै दुई तिहाइ मत ल्याएको नेकपाले राजनीतिक स्थिरता दिन नसकेको बताएका छन । राजनीतिक हिसाबले सरकार अस्थिर भएपछि विकास निर्माणका काम हुन नसकेको निचोड निकालेर संविधानपछिको निर्वाचनमा सबै दल त्यसैलाई मुद्दा बनाएर गए पनि गति नलिएको उनको भनाइ छ ।

चुनाव हुने–नहुने अदालतको फैसलामा भर पर्छ : अध्यक्ष तिमिल्सिना

नेपाली जनताले पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म देख्न नपाउनु विडम्बना रहेको तिमिल्सिनाले बताए । ‘१५ सालमा सरकार मात्र होइन व्यवस्था नै गयो । २०४८ सालको बहुमतको सरकार मध्यावधिमा गयो,’ उनले भने, ‘गत निर्वाचनमा पनि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मोर्चा बनाएर गएकाले बहुमत ल्याए । तर अहिले फुटको संघारमा पुगेको छ ।’

पत्रकार महासंघ कास्कीको पन्ध्रौं साधारणसभामा शुक्रबार तिमिल्सिनाले अहिलेको अवस्था नेपाली जनताले नचाहेको र राष्ट्रको हितमा पनि नभएको बताए । अहिले चुनाव हुँदै हुँदैन भन्न नहुने र चुनाव हुने/नहुने अदालतमा भर पर्ने उनले बताए । ‘अदालतले चुनाव भन्यो भने हुँदैन भन्ने किन प्रश्न गर्ने ? चुनाव हुनुपर्छ, हुन्छ–हुन्छ भनेर जानुपर्छ,’ उनले भने, ‘किनकि चुनाव गराउनै पर्छ । अहिल्यै आशंका गर्दै गएमा चुनाव नगराउने अस्थिरता चाहने तत्त्वलाई बल पुग्छ ।’ प्रतिनिधिसभा विघटनको विषय अहिले सर्वोच्चमा विचाराधीन रहेकाले जे फैसला हुन्छ, सबैले मान्नुपर्ने तिमिल्सिनाले बताए ।

प्रकाशित : माघ २, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?