कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार रोल्पा र दाङका एक–एक महिलाको कोरोना मृत्यु भएको हो ।

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु

रोल्पा, लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ । रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान ३:३० बजे मृत्यु भएको हो ।

त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । उनको आइतबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु भएका संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित : पुस २६, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?