कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चलाई दबाब होइन, काम गर्न दिऔं : अध्यक्ष थापा

कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला नआउन्जेल कसैले पनि नैतिक दबाब दिन नहुने उनको भनाइ छ ।

सर्वोच्चलाई दबाब होइन, काम गर्न दिऔं : अध्यक्ष थापा

पोखरामा आइतबार आयोजित पत्रकार भेटघाटमा थापाले आगामी वैशाखमा चुनाव हुन सक्ने सम्भावना पनि औंल्याए । राजतन्त्रसहितको लोकतन्त्र आफ्नो सैद्धान्तिक मान्यता रहेको भन्दै उनले जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी पनि गरे ।

‘१४ वर्षअगाडि रोपेको गणतन्त्रको बीउ अहिले आएर कसरी उखेलिँदै छ,’ उनले भने, ‘ओली सरकार असफल भएको छ । यस्तो असफल सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जान जरुरी छ ।’ थापाले नेकपाका कारण आज संविधानमाथि नै प्रश्न उठेको बताए । ओली सरकार संविधानको मान्यताअनुसार नचलेको उनले आरोप लगाए ।

‘संविधानमाथि नै गलत भइरहेको अवस्थामा अहिले मौन बस्नुको विकल्प छैन,’ उनले भने, ‘सर्वोच्चमा विचाराधीन मुद्दा छ । हामी बोल्नुको कुनै अर्थ छैन । यस्तो बेला सर्वोच्चलाई काम गर्न दिने हो, बोलेर दबाब दिने होइन ।’

प्रकाशित : पुस २६, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?