१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

दाहाल स्वदेश फिर्ता

रासस

काठमाडौँ — नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल शनिबार स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।

दाहाल स्वदेश फिर्ता

अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित : पुस २५, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?