कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री अर्याललाई गृहजिल्लामा कालो झन्डा देखाइयो

गण्डकी — कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झन्डा देखाइएको छ । वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई तरुण दल र नेबिसंघले कालो झन्डा देखाउँदै विरोध जनाएका हुन् ।

मन्त्री अर्याललाई गृहजिल्लामा कालो झन्डा देखाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रमअन्तर्गत वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले बताए । सोही समयमा आएकी मन्त्री अर्याललाई कालो झन्डा देखाएर विरोध गरिएको उनले बताए । उनका अनुसार शनिबार एक घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम गरिएको छ ।

नेकपा ओली समूहको सिटिहलमा भेला आयोजना गरिएको थियो । कांग्रेसको विरोध कार्यक्रम भइरहेको बेला सवार मन्त्रीलाई कालो झन्डा देखाउदा प्रहरी र कांग्रेस कार्यकताबीच सामान्य झडप भएको खाँडले बताए । मन्त्री अर्याल मूलबाटोमा कांग्रेसको विरोधसभालाई छलेर भित्री बाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थल गएकी थिइन् ।

प्रकाशित : पुस २५, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?