कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'संविधानमा संसद् विघटनको कल्पनासमेत गरिएको छैन'

काठमाडौँ — कांग्रेस नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद् विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए।

'संविधानमा संसद् विघटनको कल्पनासमेत गरिएको छैन'

संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए । संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताए । कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाई छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ।

नेता थापाले अदालतले संसद् पुन:स्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमकाविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : पुस २४, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?