प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने पक्राउ

अर्जुन शाह

धनगढी — नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आएको उक्त सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए ।

प्रहरीले उनीहरुकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरुलाई छाड्छौं,’ डिएसपी विष्टले भने ।

प्रकाशित : पुस २४, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि सरिएको छ ।

यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । उनका अनुसार अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने छ ।


प्रकाशित : पुस २४, २०७७ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×