कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनेपाको गौरीशंकर ग्यास उद्योगमा ट्यांकी पड्किँदा ३ जना घाइते [अपडेट]

काभ्रे — काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा रहेको गौरीशंकर ग्यास उद्योग(हिमाल ग्यास)  ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् ।

चुहावट भएका सिलिण्डरको ग्यास भण्डारण गर्ने उक्त टंयाकी पड्किएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा उद्योगमा नै कार्यरत ५५ वर्षीय लोकबहादुर खड्का, ४७ वर्षीय साइला भुजेल र ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । घाइते तीनै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको तिमल्सिनाले जानकारी दिए ।

टंयाकी पड्किँदा ग्यास भण्डार गरिएका अन्य २ टंयाकीमा क्षति पुगेको प्रहरीले जनाएको छ । बस्तीकै आडमा रहेको उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किएपछि स्थानीय त्रसित छन् ।

प्रकाशित : पुस २४, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?