कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस र जसपालाई नेपालको आग्रह- 'ओलीको असंवैधनिक कदमविरुद्ध सडकमा पनि सँगै आउनुहोस्'

काठमाडौँ — नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् । 

कांग्रेस र जसपालाई नेपालको आग्रह- 'ओलीको असंवैधनिक कदमविरुद्ध सडकमा पनि सँगै आउनुहोस्'

संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेकाले त्यसका विरुद्धमा सडक प्रदर्शनमा आउन आग्रह गरेका हुन् । 'एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौं,' उनको आग्रह थियो ।

ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धि धरापमा परेकाले सडक संघर्षमा मिलेर जानुपर्ने नेपालको भनाइ थियो ।

स्थायित्वका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै त्यसबारे ओलीको साथमा रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलका पुराना कुरा पढ्नुपर्ने नेपालको भनाइ थियो । स्थिरताका लागि संविधानले गरेका व्यवस्थालाई मानेर अगाडि बढ्नुपर्ने र तिनलाई जोगाउनुपर्ने उनले बताए ।

प्रकाशित : पुस २१, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?