कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा रहने वा विघटन गर्ने, पर्ख र हेरको अवस्थामा : मन्त्री भट्ट

अर्जुन शाह

धनगढी — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रदेशसभा रहने वा विघटन गर्ने सम्बन्धमा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

प्रदेशसभा रहने वा विघटन गर्ने, पर्ख र हेरको अवस्थामा : मन्त्री भट्ट

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेको मन्त्री भट्टले भने, ‘स्थायी कमिटिको बैठकबाट यसको निर्क्यौल हुनेछ ।’

उनले प्रदेशका गतिविधि र व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेको बताए । दहाल–नेपाल पक्षमा खुलेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति मन्त्री भट्ट आक्रोशित देखिएका थिए ।

भट्टले प्रदेशसभामा दाहाल–नेपाल पक्षबाट समानूपातिक सांसदहरुलाई धम्की आएको पनि दाबी गरे । संसदीय दलको बैठकमा दाहाल–नेपाल पक्षमा ३० र ओली पक्षमा ६ जना सांसद उभिएका छन् ।

प्रदेश अध्यक्ष कर्ण थापाले आफू नै नेकपाको प्रदेश अध्यक्ष रहेको दाबी गर्दै केही दिनअघि अर्को पक्षले आयोजना गरेको प्रदेश कमिटी बैठक र त्यसका निर्णयहरुलाई खारेज गरेको घोषणा गरेका थिए । थापाले पार्टीको खाताबाट ३० लाख रकम झिकिएको भन्दै आलोचना गरे ।

प्रकाशित : पुस २०, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?