कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा हिमपात, विमानस्थलमै थन्किए जहाज

छपाल लामा

हुम्ला — कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । आइतबार बिहानदेखि हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो ।

हुम्लामा हिमपात, विमानस्थलमै थन्किए जहाज

हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ भने एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न समस्या भएको छ । बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन् ।

हिमपात भएपछि हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा जहाज थन्किएका छन् । आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा जहाजको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली ल्याएर अर्को जहाज आएको थियो ।

मर्मत गरी फर्किने बेलामा हिमपात भएपछि जहाज सिमकोटमै रोकिएको विमानस्थल प्रमुख विष्णु अधिकारीले बताए । उनका अनुसार जहाज रोकिएपछि नेपालगन्ज सुर्खेत र काठमाडौ जाने यात्रुहरु सिमकोटमै अलपत्र परेका छन् । विमानस्थलको हिउँ हटाएपछि मात्र जहाज नेपालगन्ज फर्कने उनले जानकारी दिए ।

प्रकाशित : पुस २०, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?