कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ ।  पत्नी सीता दाहालको उपचार गर्न मुम्बई गएपछि दाहाल बैठकमा सहभागी छैनन् ।

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी

उनले आइतबारको बैठकमा नै पत्नी सीता दाहालको थप उपचारका लागि मुम्बई जानु पर्ने भएको आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

सरकारको कदमविरुद्ध शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको यो समूहले आइतबारको बैठकबाट नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि दश सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

संघर्षका कार्यक्रम र कार्यदलको कार्यविभाजनका सन्दर्भमा छलफल गरेर आजको बैठकले अन्तिम रुप दिने भएको छ । कार्यदललाई एक साताको समयसीमा दिइएको छ ।

प्रकाशित : पुस २०, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?