कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने ७ जना पक्राउ

काठमाडौँ — नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्नेहरु पक्राउ परेका छन् । शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान नम्बर एफ ५७४ मा दुबई जान लागेका सात जनालाई जाँच्ने क्रममा पीसीआर नक्कली भएको पाइएपछि प्रहरीले पक्रेको हो ।

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने ७ जना पक्राउ

पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ हुन् ।

सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर र ह्याम्स अस्पतालको नाममा नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हुँदा उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशला पठाइएको छ ।

प्रकाशित : पुस १९, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?