कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दैछ : परराष्ट्रमन्त्री ज्ञवाली

माधव अर्याल

पाल्पा — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको आरोप लगाएका छन् । उनले बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दै गएको समेत बताए ।

बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दैछ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा जिज्ञासा मेटाउँदै उनले भने, ‘पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता हेर्दै थिए । त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो ? यो मौनता मलाई ठ्याम्मै पचेन है । हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं । एउटा देश चुप लागेर बस्न मिल्छ ?’

उनले त्यो अन्तर्वार्ताको थप व्याख्या गर्न चाहेनन् । घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने बताउँदै उनले यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दु:खद भएको बताए । ‘घरभित्र समस्या आउन सक्छ,’ उनले भने, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ । यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ ।’

नेकपा–ओली समूहका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका हुन् ।

प्रकाशित : पुस १८, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?