काठमाडौँ — मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो । उनले भने, '२० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।'
प्रकाशित : मंसिर २७, २०७६ ११:३०प्रतिक्रिया