१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

लिला श्रेष्ठ

लिला श्रेष्ठका लेखहरु :

रातारात करोड कमाउने लोभमा हत्या

रातारात धनी बन्ने लोभमा मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने राजधानीको एउटा हत्याकाण्डले देखाएको छ । त्यो पनि पासो लगाएर मान्छे मरेको डोरी बेचेर करोडौं कमाउने । त्यस्तै लोभमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ ।

आत्महत्या गर्दा पासो लगाएको डोरी करोडौंमा बिक्री हुने अन्धविश्‍वासले हत्या !

पासो लगाएर आत्महत्या गर्दा प्रयोग गरिएको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेका छ ।

मौलिक शैलीमा ठडियो शिलु महादेव

भक्तपुर दरबार स्क्वायर परिसरको शिलु महादेव (फसिःदेग) मन्दिर १९९० सालअघिकै स्वरूप शिखर शैलीमा पुनर्निर्माण भएको छ । २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त गुम्बज शैलीको शिलु महादेव मन्दिरलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) ले प्राप्त स्केच, तस्बीर, अभिलेखमा उपलब्ध डिजाइनको आधारमा शिखर शैलीमै पुनर्निर्माण गरेको हो । करिब ४ करोड रुपैयाँ लागतमा बनेको मन्दिर पुनर्निर्माणको कार्य ९६ प्रतिशत सम्पन्न भएको पुरातत्व विभाग भक्तपुर प्रमुख अरुणा नकर्मीले बताइन् । ‘मन्दिरको गजुर र दुईवटा उड्ने सिंह राख्न बाँकी छ,’ उनले भनिन्, ।