कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना

२२ जना घाइते
लिला श्रेष्ठ

काठमाडौँ — मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।

मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो । उनले भने, '२० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।'

प्रकाशित : मंसिर २७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?