कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौँ — नेपाली बालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक जसोन्योड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ ।

बालिकालाई यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

सीआइबीको टोलीले काठमाडौं एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट तीन बालिकासहित मुडीलाई आपत्तिजनक अवस्थामा आइतबार पक्राउ गरेको हो ।


पक्राउ परेका ४० वर्षीय मुडीलाई जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उपरीक्षक पाण्डेका अनुसार मुडीको साथबाट प्रहरीले ३ वटा राहदानी, एउटा ल्यापटप, ४ वटा मोबाइल ४ थान विभिन्न बैंकका एटिएम कार्ड, मास्टर कार्ड तथा चेकका स्लिपहरु, विश्वभाषा क्याम्पसको परिचयपत्र बरामद गरेको छ । साथै प्रहरीले मुडीबाट अन्य कोही पीडित भएको भए सीआइबीमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रकाशित : मंसिर २३, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?