कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ वर्ष पुरानो साइकलमा मेयर

ललितपुर — साइकल लेन निर्माणको सुरुवात गर्न बिहीबार रातिदेखि सडकमा साइकल चिह्न र लाइन कोर्न प्राविधिकहरू खटिएका थिए  । लेनको उद्घाटन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गर्ने तय भइसकेको थियो  ।

कार्यक्रममा जान मेयर महर्जन अरू दिनजस्तो गाडीमा नभई घरबाट शनिबार साइकलमै पुल्चोकस्थित महानगर कार्यालय पुगे । उद्घाटनस्थल कुपन्डोलमा पनि अरू साइकलयात्रुसँगै साइकलमै आए । उद्घाटन गरे । त्यही साइकलमा थापाथली चोकबाट साइकल फर्काएर महानगर गए । ‘यो त ३१ वर्ष पहिले किनेको सन्तोषा साइकल हो,’ उनले भने, ‘म अरू बेला पनि चलाउँछु ।’

प्रकाशित : मंसिर १५, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?