कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारमा अस्पताल, छैन जनशक्ति

(ललितपुर) — नख्खु कारागारमा पाँच महिनाअघि २५ शय्याको अस्पताल भवन बने पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । मानसिक रोगबाट पीडित कैदीबन्दीका लागि अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

‘बाहिरको अस्पताल लैजानुभन्दा भित्रै उपचार सहज होओस् भनेर भवन तयार गरेका हौं,’ मनोसामाजिक अपांग बन्दी अस्पताल नख्खुका शाखा अधिकृत राजन श्रेष्ठले भने, ‘तर, जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।’ हाल दैनिक दुई/तीन जनालाई उपचार गराउन मानसिक अस्पताल लगनखेल पुर्‍याउने गरेको उनले बताए ।


कारागारका जेलर सुरेन्द्र पौडेलका अनुसार कारागारमा करिब ५० प्रतिशत मानसिक बिरामी छन् । ‘अस्पताल बनेपछि मानसिकसँगै अन्य रोगको पनि उपचार हुनेछ,’ उनले भने ।


कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले स्वास्थ्य मन्त्रालयको ढिलाइले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसकेको बताए । ‘स्वास्थ्य मन्त्रालयमा कर्मचारी पठाउन पत्राचार गरिसकेका छौं,’ उनले भने । अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट साइकियाट्रिक, मेडिकल अधिकृत, अनमी, अहेब र हेल्थ असिस्टेन्ट गरी १४ जनाको दरबन्दी छ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?