कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान केन्द्रमा टोली

भक्तपुर — भक्तपुरका २२ स्थानका ५४ वटै मतदान केन्द्रका निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली खटिएको छ । यहाँ प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) मा उपनिर्वाचनका हुन लागेको हो ।

मतदान अधिकृतहरूलाई सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । नियुक्तिपत्र, पेस्की रकम र मतपेटिकासँगै चाहिने ५४ प्रकारका सामग्री लिएर कर्मचारी केन्द्र खटिएका हुन् । मतपत्र बिहीबारसम्म मतदान केन्द्र पुर्‍याइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ सय ७० कर्मचारी खटिएका छन् ।


केन्द्रमा कर्मचारीले बिहीबारबाट सम्बन्धित मतदान केन्द्रबाट फोटो सहितको मतदाता परिचयपत्र वितरण गर्ने छन् । उक्त क्षेत्रमा २३ हजार ८० महिला र २१ हजार ९ सय ३५ पुरुष गरी ४५ हजार १५ मतदाता छन् । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन गर्न लागेको हो । मंसिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता ५ बजेसम्म लाइनमा बसे समय थप गर्न सकिने जनाइएको छ ।


प्रकाशित : मंसिर ११, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?