कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संग्रहालयको प्रबलीकरण

ललितपुर — भूकम्पले क्षति पुर्‍याएको बुङमतीस्थित संग्रहालयको प्रबलीकरण  गरिएको छ । ०६१ सालमा संस्कृति तथा सम्पदाको संरक्षण गर्ने उद्देश्यले महर्जन गुठीयार समूहले बुङमतीमा संग्रहालय स्थापना गरेको थियो । टायलले छाएको एकतले घरमा रहेको संग्रहालयमा भूकम्पले क्षति पुर्‍याएको छ ।

यूएन हेबिट्याट संस्था, ललितपुर महानगरपालिका र संसद् कोेषको सहयोगमा संग्रहालयको प्रबलीकरणसँगै व्यवस्थापन गर्न लागेको समाजका अध्यक्ष सुनिल महर्जनले बताए । ‘अहिले दाचीँअप्पा इँटाबाट एक तल्ला थप गरेर निर्माण सम्पन्न भएको छ,’ उनले भने ।


संघीय सांसद पम्फा भुसालले संसदीय कोषबाट उपलब्ध गराएको २० लाख रुपैयाँ भवनको प्रबलीकरणमा र यूएन हेबिट्याटबाट प्राप्त आठ लाख रुपैयाँ संग्रहालयको व्यवस्थापनमा खर्च भएको छ । ०७३/७४ मा महानगरपालिकाले दिएको नौ लाख रुपैयाँबाट एक तल्ला थप गरिएको महर्जनले बताए । ‘भवन रेट्रोफिटिङको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘संग्रहालय व्यवस्थापन भने बाँकी छ ।’


संग्रहालयमा वर्षौं पुराना नेवारी संस्कृतिका सामग्रीहरू राखिएका छन् । प्रयोगमा नआउने पुरातात्त्विक सामग्री संग्रहालयमा राखिएको कर्मचारी रजना महर्जनले बताइन् । पहिले संग्रहालयमा प्रवेश निःशुल्क भए पनि अब सशुल्क बनाउने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?