कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा घण्टापछि दरबारमार्गको आगलागी नियन्त्रणमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — दरबारमार्गस्थित भिक्ट्री क्लब एन्ड लाउन्जमा आइतबार साँझ आगलागी नियन्त्रणमा आएको छ । साँझ साढे ६ बजेदेखि सुरु भएको आगो आधा घन्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो ।

आधा घण्टापछि दरबारमार्गको आगलागी नियन्त्रणमा 

लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि आधा दर्जनभन्दा बढी दमकल प्रयोग गरिएको थियो ।

प्रकाशित : आश्विन २६, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?