कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा परिषदको नेतृत्वमा सफाई अभियान

काठमाडौँ — राष्ट्रिय युवा परिषद्ले संविधान दिवसको अवसर पारेर सानोठिमी परिसर सफाई अभियान थालेको छ । सानोठिमी क्षेत्रमा २१ वटा सरकारी शिक्षा कार्यालय, क्याम्पस र विद्यालय रहेका छन् । परिषद्का उपाध्यक्ष माधव ढुंगेलको अगुवाईमा बिहीबारदेखि सफाई अभियान सुरु भएको हो । 

युवा परिषदको नेतृत्वमा सफाई अभियान

‘बर्खामास सकिदैछ र यही बेला संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको उर्दीअनुसार सफाई अभियान थालेका हौँ,’ उपाध्यक्ष ढुंगेलले भने, ‘बाहिर सार्वजनिक स्थलतर्फ हामी सफाई गर्छौं । कर्मचारीले आ–आफ्नो कार्यालय परिसर आफैं सफाई गर्ने छन् । र तीन दिनसम्म दिपावलीसमेत गर्दैछौं ।’


यहाँ शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग), पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, अनौपचारिक शिक्षा केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, युवा परिषद्, जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी क्याम्पस, एसओएस हर्मन माइनर स्कुलका कार्यालय रहेका छन् । त्यसैगरी मूल सडक दक्षिणतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), विश्वविद्यालय अनुदान आयोय, आदर्श मावि, प्राविधिक शिक्षालयलगायत कार्यालय रहेका छन् ।


सफाई अभियानमा सानोठिमी प्राविधिक शिक्षालयमा अध्ययनरत २ सय ५० जना जति विद्यार्थीसमेत सहभागी छन् । ‘सफा सानोठिमी क्षेत्र निर्माण गर्ने र खाली जग्गामा अर्गानिक कृषि खेती गर्ने अवधारणा अघि सारेका छौं,’ ढुंगेलले भने, ‘सफाई गरेसँगै कृषि खेतीका निम्ति लमजुङ र रामपुर कृषि क्याम्पसमा पढ्दै गरेका विद्यार्थीका निम्ति ओजेटी (ओभर जब ट्रेनिङ) गराउने थलोका रुपमा विकास गर्ने लक्ष्य राखेका छौं ।’


यस्तै परिषद्ले संविधान दिवसकै अवसरमा पाँच सयजना युवालाई स्वयंसेवक तालिम दिलाएको छ ।

प्रकाशित : आश्विन २, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?