कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान दिवसमा विरोध गरिने

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघ लगायतले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोधमा उत्रिने घोषणा गरेका छन् । 

संविधान दिवसमा विरोध गरिने

काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधान विभेदकारी रहेकोले संशोधन गर्नुपर्ने माग सुनुवाई नभएको भन्दै विरोधमा उत्रिने चेतावनी दिएका हुन् । ‘संविधान जारी भएको दिन असोज ३ गतेलाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण बहिष्कृत, सीमान्तकृत जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र विभेद भएको दिन हो,’ विज्ञप्तिमा छ, ‘विभिन्न संघर्षहरुबाट प्राप्त उपलब्धि रक्षाका लागि सचेत रहँदै असोज ३ गते केन्द्रित आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका छौं ।’


महासंघ लगायतले संविधान संशोधनमार्फत् आफ्ना मुद्दालाई संबोधन गर्न माग राख्दै आन्दोलन गर्दैआएका छन् ।

प्रकाशित : भाद्र २६, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?