कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

तुर्किस्तान पठाइदिन्छु भनी लाखौं रकम ठगी

काठमाडौँ — पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भइरहेको छ । 

तुर्किस्तान पठाइदिन्छु भनी लाखौं रकम ठगी

पछिल्लो समयमा काजकस्तानको एक सहर तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँ जोरपाटी बस्ने रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।


हर्कबहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका–६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक १ हजार २ सय डलर तलब र खान बस्नसमेत दिने प्रलोभन देखाइ नक्कली टिकटसमेत बनाइ ३ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।


उनी अहिले सम्पर्कविहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।


प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य चारजना व्यक्तिबाटसमेत जनही ३ लाखका दरले रकम लिई ठगी गरेको खुल्न आएको जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : भाद्र ११, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?