विद्यार्थीलाई चिनियाँ झोला

गणेश राई

काठमाडौँ — चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसनले नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र स्टेसनरी प्रदान गरेको छ । फाउन्डेसनका डिपुटी डाइरेक्टर वाङ जुनले मंगलबार आयोजित समारोहमा ३ सय १३ विद्यार्थीलाई झोला प्रदान गरेका हुन् । 

उक्त फाउन्डेसनले २०७२ को भूकम्पपछि नेपालमा आपतकालीन उद्धार, राहत वितरण र पुनःस्थापनामा काम गर्दै आएको छ । ‘विद्यार्थीलाई झोला र केही सहयोगी सामग्री बाँडेर फाउन्डेसनको चौथो वार्षिकोत्सवका मनाउन पाउँदा खुसी लागेको छ,’ डिपुटी डाइरेक्टर वाङले भने, ‘चार वर्षमा हामीले २ लाख ९२ हजार ३ सय जनालाई लाभ दिलाउन सकेकोमा हामी आभारी छौं । मायाको कुनै सीमा हुँदैन भविष्यमा सहयोग गर्ने विश्वास राख्दछौं ।’

यो विद्यालय देशकै पहिलो केन्द्रीय बहिरा मावि हो । प्राचार्य उपेन्द्र पराजुलीका अनुसार पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ३ सय १३ विद्यार्थी पढ्छन् । त्यसमध्यै १ सय ५२ जना छात्रा छन् । देशको ७७ वटै जिल्लाका बहिरा विद्यार्थीहरुलाई पढाइरहेकाप्राचार्य पराजुलीले बताए । उनका अनुसार विद्यार्थीहरुकाठमाडौं उपत्यकाको तीन जिल्लाका विभिन्न ठाउँमा डेरामा बसेर पढ्न आउने गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

बिनालाइसेन्स सञ्चालित इन्टरनेट सेवा प्रदायक बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुमतिबिना तनहुँको दमौलीमा सञ्चालित एक इन्टरनेट सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गराएको छ । युनिक डिजिटल नेटवर्क प्रालिको नाममा ८ सय ग्राहक बनाएर इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीमा प्राधिकरणबाट खटिएको टोलीले शिलबन्दी गरेको अनुगमन विभाग निर्देशक विजय रोयले जानकारी दिए ।

‘इन्टरनेट सेवा प्रदान गर्दा अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्था भएकाले उक्त कम्पनीले दिइरहेको सेवा अवैध थियो,’ उनले भने,‘शिलबन्दी गरेका छौं अब के कारबाही गर्ने निर्णय सञ्चालक समितिको हो ।’ उनका अनुसार अनुमतिबिना इन्टरनेट सेवा वितरण गर्ने व्यक्ति वा कम्पनीलाई ५ लाखसम्म जरिवाना र उपकरण जफत हुने कानुनी प्रावधान छ । ‘कम्पनीले उपभोक्ताबाट उठाएको मासिक शुल्क हेर्दा उसको न्यूनतम आम्दानी कम्तीमा पनि ९ लाख देखिन्छ,’ उनले भने, ‘माघदेखि यो सेवा सञ्चालन भएको रहेछ ।’

भदौ ४ गते प्राधिकरणको टोलीले गरेको सिलबन्दीपछि अहिले कम्पनीलाई कानुनी कारबाहीको तयारी अघि बढाइएको छ । युनिक डिजिटलले अर्को इन्टरनेट सेवा प्रदायक क्लासिकटेक मार्फत ब्यान्डविथ खरिद गरी इन्टरनेट वितरण गरेको उनले जानकारी दिए । व्याण्डवीथ उपलब्ध गराउने कम्पनीलाई समेत कारबाही हुन सक्ने रोयले बताए ।

उक्त कम्पनीले यसअघि डिजिटल तनहुँ प्रालिका रुपमा इन्टरनेट वितरण गर्दै आएको थियो । प्राधिकरणका रेवतीरमण पन्तको संयोजकत्वमा गएको अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

प्रकाशित : भाद्र १०, २०७६ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्