नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धुमविद् बैरागी काइँलाले हालैमात्र कृष्णविक्रम नेम्बाङकृत ‘लिम्बू इतिहास’ किताब सार्वजनिक गर्दै इतिहास लेखन एकाधिपत्यविरुद्ध कटाक्ष गरेको प्रसंग उप्काए ।
अनुसन्धाता डा. प्रेम आलेले ‘गोर्खाली वीरता र शासकीय चाकरी’ पुस्तक ल्याएका छन् । सन् १८१६ मा ब्रिटिस गोर्खा भर्ती सुरु भएदेखि सन् २०२३ मे १९ अर्थात् दुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको क्षणसम्मको इतिवृत्ति यसमा समेटिएको छ ।
‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नारासहित नेपालमा २०८० भदौ १५ गते सोह्रौं पुस्तकालय दिवस मनाउन धुमधाम तयारी भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।
हरेक नेपाली भाषा शिक्षक र साधकले सम्झिइरहने किताब हो– ‘राम्रो रचना : मिठो नेपाली’ र त्यसका लेखक कृष्णप्रसाद पराजुली । यो किताब नेपाली भाषा, व्याकरण र मिठो नेपाली कसरी लेख्न सकिन्छ भन्नेबारे लेखिएको किताब हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणमा सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा मुलुकभित्र १४२ जातजाति, १२४ भाषा र १० धर्म मान्ने समुदाय रहेको उल्लेख छ । अघिल्लो जनगणनाको तुलनामा १७ जातजाति बढेको छ भने एउटा भाषा थपिएको छ ।
वाम्बुले मातृभाषाका कवि कबिन वाम्बुले राईलाई २०७९ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका वर्ष ९ अंक ३, पूर्णाङ्क १८ (लिब्जुभुम्जुको ९१औं शृंखला), २०७९ कात्तिक–पुस (किरात येले संवत् ३८०१) मा प्रकाशित ‘आ मामा’ (मेरी आमा) शीर्षक कविता छनोटमा परेको छ ।
साहित्यकार टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, पूर्वसदस्यसचिव जगतप्रसाद उपाध्याय, लेखक अर्जुनबाबु माबुहाङलगायतले बिहीबार काठमाडौंमा सार्वजनिक गरेका हुन् ।
गोर्खा सेमेन्ट्रिज ट्रस्टको आयोजनामा सन् २००४ देखि हङकङमा अप्रिल ५ तारिखका दिन ‘पुर्खा दिवस’ मनाउन थालिएको छ । गोरखा सेमेट्रिज ट्रस्ट नेपालले यसको अगुवाईमा नेपालमा सन् २०१८ देखि मनाउन सुरु भएको छ ।
‘हङकङमा सामूहिक चुलाघरको स्थापनाका लागि नेपालको किरातेश्वर बुढानीलकण्ठमा चढाएको फूलपाती र किरातहरूको धार्मिकस्थल हात्तीवनको माटो ल्याइएको थियो । हामी किरात राईहरू विश्वको जुनसुकै कुनामा बसे पनि हाम्रो माटो एउटै हो । हामीहरू एउटै चुलाका हौं । एउटै चुलामा रहौं ।’
आर्थिकोपार्जनका लागि कुनै पनि काम नगरी र काम नखोजी बस्ने नेपालीको संख्या ८२ लाख ११ हजार १२ पुगेको छ । आर्थिक रूपमा सक्रिय २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ व्यक्तिमध्ये यो ३४.३ प्रतिशत हो । राष्ट्रिय जनगणना ०७८ को शुक्रबार सार्वजनिक नतिजाअनुसार नेपालमा बसोबास गर्ने १० वर्ष वा त्यसभन्दा माथिका (आर्थिक रूपमा सक्रिय) मानिसमध्ये ३९.५ प्रतिशत महिला र २८.६ प्रतिशत पुरुष आर्थिक रूपमा निष्क्रिय छन् ।