कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

भैंसेपाटीकाे केमिकल गाेदाममा आगलागी

ललितपुर — ललितपुर महानगरपालिका १८ भैंसेपाटीस्थित डिकाली इन्ड्रस्टियल मार्केटिङकाे केमिकल गाेदाममा आगलागी भएकाे छ । 

भैंसेपाटीकाे केमिकल गाेदाममा आगलागी

बिहान ४ बजेर ३० मिनेटमा किरण प्रसाद श्रेष्ठको केमिकल गाेदाममा आगाे लागेकाे हाे । प्रहरीका अनुसार गोदाममा कपडा उद्याेगमा प्रयोग गरिने सोडियम हाइड्रोसल्फाइ नामक केमिकलको लिक्विड र पाउडर थियाे ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी दुर्गा सिंहका अनुसार आगो फैलिने सम्भावना भने छैन । उनका अनुसार आगलागीमा मानवीय क्षति भएको छैन । आगाे अझै पूर्ण नियन्त्रणमा आएकाे छैन । क्षतिकाे पूरा विवरण आउन बाँकी छ । आगाे निभाउन ललितपुर, भक्तपुर र काठमाडौ तीनै जिल्लाको दमकल प्रयोग भएको छ ।

केमिकल जलेको हुदाँ पानीले भन्दा केमिकलले नै निभाउनु पर्ने भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?