कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित ७ पक्राउ

काठमाडौँ — लागूऔषध चरेसको अवैध ओसारपसार तथा कारोबारमा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौं र लागूऔषध नियन्त्रण ब्युरोले तीन-तीन जनालाई पक्राउ गरेको छ । ब्युरोले मनोद्विपक लागूऔषधसहित एक महिलालाई पनि पक्राउ गरेको हो । 

प्रहरी परिसर काठमाडौंले बलम्बुबाट १५ केजी चरेससहित दिनेश कार्की, सुनिता तिम्सेना र विश्वास थापालाई पक्राउ गरेको छ । उनीहरूले धादिङबाट चरेस किन्ने र काठमाडौंमा बेच्ने योजना बनाएको प्रहरीले जनाएको छ । ब्युरोले भने सुनसरी इटहरीका राजकुमार गुरुङ, झापा मेची नगरपालिका ४ का सञ्जय दर्जी र मनोज दर्जीलाई १७ केजी चरेससहित झापाको टोकला बगानबाट पक्राउ गरेको हो । यस्तै, ब्युरोले मनोद्विपक लागूऔषध डाइजेपाम, बुप्रोनोर्फिन र फेनारगनसहित ५० वर्षीया सावित्री श्रेष्ठलाई पक्राउ गरेको छ । उनको साथबाट ६ सय ७० एम्पुल डाइजेपाम, ५ सय ६१ एम्पुल बुप्रोनोफिर्न र ५ सय ६० एम्पुल फेनारगन बरामद गरिएको छ ।


सावित्री लामो समयदेखि नियन्त्रित लागूऔषधको कारोबारमा संलग्न भएको र उनले भारतीय बजारबाट लागूऔषध ल्याएर बेच्ने गरेको ब्युरोले बताएको छ । ब्युरोका अनुसार सावित्रीका दुई छोरासमेत लागूऔषध सेवनकर्ता हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?