कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाका क्षेत्रमा बजेट बढाउन आयोनको माग 

काठमाडौँ — नेपाल युवा संस्था सञ्जाल (आयोन)ले राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक योजना बनाउन माग गरेको छ । 

युवाका क्षेत्रमा बजेट बढाउन आयोनको माग 

मंगलबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामार्फतलाई ज्ञापनपत्र बुझाउँदै युवा संस्थाहरुको छाता संस्थाका रुपमा रहेको आयोनले युवाका क्षेत्रमा बजेट बढाउन समेत माग गरेको छ ।

'चालु आर्थिक वर्षमा युवाका लागि छुट्याइएको बजेट एक प्रतिशत पनि छैन,' आयोनका अध्यक्ष जगदीश ऐरले भने, '४० प्रतिशत जनसंख्या भएको युवा क्षेत्रलाई उपेक्षा गरे सम्बृद्धि नहुने ठहरसहित हामीले बजेट बृद्धिको माग गरेका हौ । आगामी बजेटको कम्तिमा १० प्रतिशत युवा क्षेत्रका लागि छुट्याउन ज्ञापन पत्र मार्फत् आग्रह गरेका छौ ।'

सामाजिक उद्यमशीलतामा युवा सहभागिता बढाउन आगामी बजेटमा हौसलापूर्ण कार्यक्रम ल्याउन पनि आयोनले माग गरेको छ । युवाहरुको अनुभव आदानप्रदान गर्न बिभिन्न देशमा नेपालका तर्फबाट हुने भ्रमणरोकिएकोप्रति पनि आयोनले आपत्ति जनाएको छ ।

राष्ट्रिय युवा परिषद् ऐन संशोधन मस्यौदा मन्त्रालयमा अड्किएको प्रति मन्त्रीको ध्यानाकर्षण गर्दै आयोनले तत्काल प्रक्रियामा लैजान आग्रह समेत गरेको छ ।

यसैगरी दीगो विकासका लक्ष्य प्राप्तिका लागि निर्देशिका तयार गरी संघीय स्वरुप अनुरुप स्थानीयकरण गर्न पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री विश्वकर्माले आयोनले उठाएका विषयलाई आफ्नो मन्त्रालयले गम्भीर रुपमा लिने बताए ।

प्रकाशित : वैशाख २६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?