कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — राजधानीकाे बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा काभ्रे घर भएका एक युवक पक्राउ परेका छन् । गत शनिबार २३ वर्षीय श्रीमती निर्मला नेपालको हत्या गरेको अरोपमा काभ्रेको भुम्लु घरभएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहाडीलाई प्रहरीले पक्राउ गरेको हो । 

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ 

बागबजारमा डेरा गरेर बस्दै आएका उनीहरुबीच शनिबार राति कोठामा झगडा परेको थियो । राजकुमारले निर्मलाको कपाल समातेर पिटेको प्रारभ्भिक अनुसन्धानमा खुलेको छ ।

भोलिपल्ट ९ बजेसम्म श्रीमती नउठे पछि राजकुमारले आफन्तलाई खबर गरेका थिए । निर्मला मृत फेला परेपछि प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?