जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पर्साको सुखौनी र ठोरी गाउँपालिकामा पार्टीले गरेको कार्यक्रमका चार फोटो सोमबार दिउँसो ट्वीटरमा पोस्ट गरे । कांग्रेस र नेकपालगायतका पार्टी परित्याग गरी १५ सयभन्दा बढी नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्नुलाई उनले पार्टीप्रति आकर्षणको व्यापक लहरका रूपमा पनि अर्थ्याए ।
देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ । यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।
स्वदेश फर्काउने प्रक्रिया सुस्त हुँदा रोजगारी गुमाएका र भिसा सकिएका नेपाली कामदार महिनौंदेखि श्रम गन्तव्यमा अलपत्र छन् । नेपाली कामदार गैरकानुनी हुने, बेखर्ची हुने र थप संकटमा पर्ने जोखिम पनि बढिरहेको छ ।
गायिका सोफिया थापाले ‘नो व्रत प्लिज’ बोलको गीत आइतबार बिहान हाइलाइट्स नेपाल नामक म्युजिक कम्पनीको युट्युबमार्फत सार्वजनिक गरिन् । त्यही साँझ उनलाई अपरिचित नम्बरहरूबाट धम्कीपूर्ण फोन आउन थाल्यो । सोमबार त विश्व हिन्दु महासंघको भ्रातृ संगठन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले विज्ञप्ति नै निकालेर मंगलबारसम्म गीत हटाउन चेतावनी दियो ।
गत वैशाख ४ गते अव्यवस्थित क्वारेन्टाईका कारण समयमै उपचार नपाएर नरैनापुर ६ नयाँबस्तीका २५ वर्षीय अनिश नाउको मृत्यु भएपछि नरैनापुर चर्चाको केन्द्रमा रह्यो ।
सुरुआती चरणमै कोरोनाका पाँच संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशले वैशाख लागेयता थप संक्रमण झेल्नुपरेको छैन । पाँचै जना निको भएर घर फर्किसके । तर पनि संक्रमण तीव्र रहेको भारतबाट स्वदेश भित्रिन थुप्रै नेपाली दशगजामा तमतयार बसेकाले यहाँ उच्च जोखिम कायमै छ ।
समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणमा परेको भन्दै बुधबार सोही पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटस लेखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै योजना अनुरुप राज्यमन्त्री यादवको अपरहण गरिएको आरोप लगाए ।
कोभिड–१९ को प्रकोप देखिइरहेको अवस्थामा नेपालको समग्र स्वास्थ्य संरचना र पूर्वाधार कस्तो अवस्थामा छ भन्नेबारे बुझ्न कान्तिपुरले जिल्ला संवाददाताबाट तथ्यांक संकलन गरेको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदनलाई आधार मानेर सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, हेल्थ पोस्ट, निजी अस्पताल र स्वास्थ केन्द्रको तथ्यांक लिएर विश्लेषण गर्ने प्रयास गरिएको छ ।
चैत १४ गते शुक्रबार बाराको कलैया उपमहानगरपालिका २२, झोधा टोलका २५ वर्षीय विजय कुसवाह आँगनमा मुसुरो झार्दै थिए । दिउँसो त्यस्तै तीन बजेको थियो । थ्रेसरमा मुसुरो झार्दाझार्दै मेसिनको काँटीजस्ता दाँतीले उनका दुवै खुट्टा भेटिहाले । भलभल्ती रगत बग्यो ।