कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको दारासहित २ पक्राउ

भक्तपुर — प्रहरीले हात्तीको दारासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नगरपालिका-१ कौशलटार स्थित चेकजाँचको क्रममा हात्तीको दारासहित उनीहरूलाई पक्राउ गरेको हो ।

हात्तीको दारासहित २ पक्राउ

पक्राउ पर्नेहरूमा दोलखा वैतेश्वर गाउँपालिका-४ घरभई स्वयम्भू सानोभर्‍याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका-५ का २३ वर्षीय भाष्कर पौडल छन् ।


उनीहरूको साथबाट बेचबिखनका लागि बोकी हिँडेको २ सय ५० ग्राम हात्तीको दारा १ थान बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


प्रकाशित : वैशाख १९, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?