कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इन्फोडेभलपर्स आईसीटी अवार्ड १४ विधामा वितरण 

काठमाडौँ — सातौं संस्करणको इन्फोडेभलपर्स आईसीटी अवार्ड शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टहरुलाई वितरण गरिएको छ । लिभिङ विथ आईसीटीले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

इन्फोडेभलपर्स आईसीटी अवार्ड १४ विधामा वितरण 

यस वर्ष पहिलो पटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड आयोजना गरिएको थियो । उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ । विभिन्न ५ देशहरुबाट उत्कृष्ट ५ स्टार्टअपहरु अवार्डमा सहभागी हुन नेपाल आएका थिए । यस वर्ष इन्फोडेभलपर्स आईसीटी अवार्डअन्तर्गत नेपाली डायस्पोरा आईसीटी अवार्ड वेद काफ्लेले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड मंगेशलाल श्रेष्ठले जितेका छन् । त्यसैगरी नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड विजयकृष्ठ श्रेष्ठ र एनसेल वुमन आइकन आईसीटी अवार्ड शिला कंसकार कार्कीले प्राप्त गरिन् ।

यस वर्षको डिजिटल गर्भनेन्स आईसीटी अवार्ड वैदेशिक रोजगार विभागले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आईसीटी अवार्ड फोनपे डिजिटलले पाएको छ । डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय विद्यालय बाफलले प्राप्त गरेको छ भने डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) ज्ञानोदय बालबाटिका विद्यालय खोकनाले जितेको छ ।

यस वर्षको हुवावे स्टार्टअप आईसीटी अवार्ड मोनाल टेकले प्राप्त गरेको छ । प्रडक्ट आईसीटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मेरो कारोबार एपले प्राप्त गरेको छ । च्वाइस आईसीटी अवार्ड बीआईसी टेक्नोलोजी (टिग)ले प्राप्त गरेको छ । यस वर्ष जुरीले कक्षा १० मा अध्ययनरत विद्यार्थी दिक्षान्त पाण्डेलाई जुरी मेन्सन आईसीटी रिकग्निसनबाट सम्मान गरेका छन् ।

आईसीटी अवार्ड २०२२ को क्रममा आयोजकले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना गर्दै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपहरुलाई अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा सम्मान गरेको छ । जसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेस प्रदेशबाट इजिइट्स, वाग्मती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक न्युट्री फुड, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरु बैकुण्ठ अर्याल, केवल प्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए । यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँल, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, संघीय सरकारका सांसदहरु ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिति थियो । आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, डेपुटी गर्भनर बम बहादुर मिश्र, पूर्वमन्त्री गणेश शाह लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२२ का विजेता र उत्कृष्ट ५ ले माइक्रोसफ्ट र हुवावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैयाँ बराबरको क्रेडिट प्राप्त गरेका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ, भने एनसेलले वुमन आइकन आईसीटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद पुरस्कार दिएको छ । यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेज विधामा २ लाख रुपैयाँको क्लाउड सपोर्ट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी संस्थाहरुले विभिन्न किसिमले सेवाहरु निशुल्क प्रदान गरेका छन् ।

प्रकाशित : पुस १०, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?