कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीवाईडीका विद्युतीय गाडी किन्न नबिल बैंकले १२.९९% ब्याजमा कर्जा दिने 

काठमाडौँ — विद्युतीय गाडी किन्न चाहनेलाई नबिल बैंकले १२.९९ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक र नबिल बैंकबीच गाडी किन्नेलाई सहज रुपमा बैंकिङ सुविधा दिने सहमति भएको छ ।   

बीवाईडीका विद्युतीय गाडी किन्न नबिल बैंकले १२.९९% ब्याजमा कर्जा दिने 

सम्झौताअनुसार अब बीवाईडीको कुनै पनि गाडी किन्न चाहनेले नबिल बैंकबाट सहज प्रक्रियामा कर्जा सुविधा पाउने छन् । विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्थाअनुरुप नबिल बैंकले कर्जा उपलब्ध गराउने छ । १२.९९ प्रतिशत ब्याजदरमा बैंकबाट ७ वर्षसम्मको लागि फाइनान्स सुविधा ग्राहकले पाउने बीवाईडीले जनाएको छ । बैंकसँगको सम्झौता अनुसार बीवाईडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू ई ६ नेपालमा उपलब्ध विद्युतीय गाडीमध्ये सबैभन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ । साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा बिक्री सुरु गरेको नयाँ मोडल एटो– ३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख छ ।


प्रकाशित : मंसिर २२, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?