सानिमा बैंकले ल्यायो १८ सुविधा भएको बचत खाता 

काठमाडौँ — सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधा भएको बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी जेनेरेसन बचत खाता सञ्चालनमा ल्याएको हो ।

सानिमा बैंकले ल्यायो १८ सुविधा भएको बचत खाता 

बैंकका अनुसार शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप नि:शुल्क), डिम्याट खाता र मेरो शेयर नि:शुल्क जारी हुनेछ । साथै, नि:शुल्क ‘भेरिफाइड बाइ भिसा’ दर्ता, नि:शुल्क सिआस्वा आवेदन, देशभरका भिसा नेटवर्क एटीएममा मासिक ३ नि:शुल्क रकम झिक्न सकिने र नि:शुल्क ई स्टेटमेन्ट सेवाको व्यवस्था पनि रहेको बैंकले जनाएको छ ।

विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट, अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको बैंकले जानकारी दिएको छ ।



प्रकाशित : मंसिर २०, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?