कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवम् सिमेन्टले ल्यायो उपहार योजना 

काठमाडौँ — ओपीसी सिमेन्ट उत्पादक कम्पनी शिवम्‌ले ‘शिवम्‌सँग उपहार टन्न’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने छन् ।

शिवम् सिमेन्टले ल्यायो उपहार योजना 

उक्त कुपन स्क्र्याच गरी २ सय रुपैयाँदेखि ५ सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिने कम्पनीले जनाएको छ । ‘सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन्’ कम्पनीले भनेको छ ‘हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पााचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत प्रदान गरिनेछ ।’

अन्तिम महिनामा प्राप्त कुपनहरु मासिक लक्की ड्रमा समावेस नभई मेगा लक्की ड्रमा मात्र समावेश गरिने कम्पनीले जनाएको छ । ‘मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन्’ कम्पनीले भनेको छ । कम्पनीका अनुसार उपहार योजना मंसिर १८ देखि नेपालभर लागू गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?