कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित

काठमाडौँ — काठमाडाैंस्थित हेराल्ड कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा स्नातक तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । तीमध्ये ३६१  जना विद्यार्थी बिएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी  बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका छन् ।  

हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित

ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे । विद्यार्थीको उज्ज्वल भविष्यको लागि महत्वपूर्ण यस कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरिएको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृत्ति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबीए अध्ययन गर्न समेत छात्रवृत्तिको व्यवस्था रहेको कलेजको भनाइ छ । दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठले भने ‘नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्नेछन् ।’


प्रकाशित : मंसिर १४, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?