कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौँ — काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको बताइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन गरिएको हो ।

काठमाडौंमा डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि आवश्यक रहेको बताए । उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औंल्याए । स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा ३० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सही मार्गनिर्देश गर्न सहयोग पुर्‍याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गरे ।


प्रकाशित : मंसिर १३, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?