कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डाईका विद्युतीय गाडी किन्न नबिलले १२.९९% ब्याजमा कर्जा दिने 

काठमाडौँ — हुन्डाईका विद्युतीय गाडी किन्न नबिल बैंकले १२.९९ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । विद्युतीय गाडीको प्रवर्द्धनका लागि वित्तीय सुविधा प्रदान गर्ने उद्देश्यले हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच एक सम्झौता भएको छ ।

हुन्डाईका विद्युतीय गाडी किन्न नबिलले १२.९९% ब्याजमा कर्जा दिने 

सो सम्झौताअनुसार हुन्डाईका विद्युतीय गाडी खरिदका लागि बैंकले सहज प्रक्रियाका साथ प्रक्रिया पूरा भएको ३ दिनमै कर्जा उपलब्ध गराउने छ । बैंकबाट विद्युतीय गाडी खरिदका लागि ७ वर्ष अवधिसम्मका लागि कर्जा लिन सकिनेछ । व्यक्तिगत प्रयोजनका विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म तथा संस्थागतका लागि ७० प्रतिशतसम्म कर्जा प्रदान हुनेछ ।


प्रकाशित : मंसिर १३, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?