कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बैंकले बुटवलको चौराहमा खोल्यो शाखा 

काठमाडौँ — नेपाल बैंकले रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहामा शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि यो शाखा संचालनमा आएको हो । नेपाल बैंकका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका  नगर प्रमुख खेलराज पाण्डेले संयूक्त रुपमा उक्त शाखाको उदघाटन गरे ।

नेपाल बैंकले बुटवलको चौराहमा खोल्यो शाखा 

कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवाका लागि उपस्थिति बढाउन शाखा विस्तारलाई जोड दिइएको बताए । नगर प्रमुख पाण्डेले नाफा मात्रै नहेरी र व्यवसायीलाई समस्यामा नपर्नेगरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्नेमा जोड दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले यो शाखामार्फत बुटवलको विकासको निम्ति भूमिका समेत बढ्ने विश्वास व्यक्त गरे । योसँगै बैंकका देशभर शाखा संख्या २२६ पुगेको छ । त्यस्तै एटीएम संख्या ९९ र ग्राहक संख्या २३ लाख नाघेको बैंकले जनाएको छ ।


प्रकाशित : मंसिर १२, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?