कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलमीको नार्जो ५० आई प्राइम नेपाली बजारमा 

काठमाडौँ — स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो समूहमा फेरि अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आई प्राइम । यसले नार्जोको स्टाइलिस डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगेसीलाई अझै विशाल बनाउने रियलमीको दाबी छ । 

रियलमीको नार्जो ५० आई प्राइम नेपाली बजारमा 

फोन सार्वजनिक कार्यक्रममा बोल्दै रियलमीका कन्ट्री हेड मुनिस गिरीले भने ‘नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । नार्जो ५० आई प्राइमको पावरफुल युनिसक टी ६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पफर्मेन्स प्रदान गर्छ ।’

रियलमी नार्जो ५० आई प्राइमको सहुलियत मूल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली छ ।

५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेकोले स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्ने कम्पनीको दाबी छ । ३ जीबी र्‍याम र ३२ जीबी रोम भएको सेटको मूल्य १४ हजार ४९९ रुपैयाँ तोकिएको छ । ४ जीबी र्‍याम र ६४ जीबी रोम भएको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ । यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।


प्रकाशित : मंसिर ८, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?