कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इफाप्का अध्यक्षमा सिंह चयन  

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनको छाता संगठन (इफाप्का) को अध्यक्षमा चयन भएका छन् । माल्दिभ्सको राजधानी मालेमा शुक्रबार सम्पन्न इफाप्काको ४५ औं सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो ।

इफाप्का अध्यक्षमा सिंह चयन  

इफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । वर्णानुक्रमअनुसार इफाप्काका सदस्य राष्ट्रले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ इफाप्का अध्यक्ष चयन भएका थिए ।

मालेमा आयोजित कार्यक्रममा इफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले इफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका हुन् । अध्यक्ष सिंहसहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । ईफाप्कामा हाल एसिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध छन् ।


प्रकाशित : मंसिर २, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?